होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ११, २०७८
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • ‘प्रेमगीत–३’को भारतको प्रदर्शन राइट ४ करोड भारुमा विक्री
मनोरञ्जन

‘प्रेमगीत–३’को भारतको प्रदर्शन राइट ४ करोड भारुमा विक्री

  • नागरिक रैबार
‘प्रेमगीत–३’को भारतको प्रदर्शन राइट ४ करोड भारुमा विक्री

काठमाडौं । सन्तोष सेनको निर्माण तथा निर्देशनमा तयार भएको ‘प्रेमगीत–३’को भारतको प्रदर्शन राइट ४ करोड भारुमा विक्री भएको छ । निर्माण पक्षका अनुसार भारतको फिल्म वितरण कम्पनी ‘इम्पोसिबल फिल्म’ले ‘प्रेमगीत–३’को हिन्दी संस्करण ४ करोड भारुमा किनेकोे हो ।

‘प्रेमगीत–३’लाई नेपाल र भारत दुवै देशमा एकै मितिमा रिलिज गर्ने तयारी भइरहेको निर्माण पक्षले बताइएको छ । जसको लागि निर्माता–निर्देशक सेन शनिबार भारतको मुम्बई जाँदैछन् ।

निर्माता सेनको ड्रिम प्रोजेक्ट ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापालगायत मुख्य भूमिकामा रहेका छन् ।

विज्ञापन

फिल्मको सबै काम सकिएपनि कोरोना महामारीका कारण रिलिज हुन सकेको थिएन । ‘प्रेमगीत–३’को २०७६ चैत २८ मै रिलिज गर्न मितिसमेत घोषणा भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै