होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वार्ताका लागि प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र
समाचार

वार्ताका लागि प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र

  • नागरिक रैबार
वार्ताका लागि प्रधानन्यायाधीले पठाए नेपाल बारलाई पत्र

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन् ।

बारको सल्लाहकार समितिको बैठक शुरु हुनलाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो । बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए ।

बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।

विज्ञापन

प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढिकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार