नागरिक रैबार/बाजुरा ३ मंसिर। जिल्लाको बुढिगंगा नगर पालिका र त्रिबेणी नगर पालिकाको बिचमा पर्ने फालासैन नजिकैको नदिको किनारामा पाटे बाघ भेटिएको हो । बाघ बिहान ८ बजेको समयमा देखा परेको भए पनी अहिले सम्म सोही स्थानमा रहेको स्थानिय मानबहादुर बोहराले जानकारी दिए ।
बोहराका अनुसार बाघ बसिरहेको र उठ्न नसकेको अबस्थामा बाघ फेला परेको बताए । स्थानियका अनुसार बाघ अचेत अबस्थामा फेला परेको बिरामी भएर हो या चोटपटक लागेर हो अहिले सम्म बाघ नदिको किनारमै हिड्न प्रयास मात्रै गरीरहेकाको बताएका छन् । उक्त बाघ जिल्ला प्रहरी कार्यालयमा खबर भएको र प्रहरीको सक्रियतामा बाघलाई नियन्त्रणमा लिने कुरा भइरहेको छ ।
फेसबुक प्रतिक्रियाहरु