होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, अशोज २, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सुरु भयो एमालेको १० औं केन्द्रीय समिति बैठक
राजनीति

सुरु भयो एमालेको १० औं केन्द्रीय समिति बैठक

  • नागरिक रैबार
सुरु भयो  एमालेको १० औं केन्द्रीय समिति बैठक

नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतामाथिको कारवाही लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने सहभागी भएका छैनन् । प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरित केही सांसदले मतदान गरेका थिए भने केही सांसद मतदानमै सहभागी भएनन् । सर्वोच्च अदालतको निर्णय अनुसार उनीहरुलाई संसदीय कारवाही गर्न नमिल्ने भएपनि पार्टीले अनुशासनको कारवाही गर्न सक्ने ओली पक्षका नेताहरुले बताउदै आएका छन् ।

त्यस्तै नेकपा एमालेले यसअघि आगामी साउन २५ गतेबाट विधान अधिवेशन बोलाउने निर्णय गरेकाले त्यसको तयारीका बारेमा समेत केन्द्रीय समिति बैठकले निर्णय गर्ने बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि