२ असोज, काठमाडौं । एएफसी महिला एसियन कप छनोट फुटबल अन्तर्गत नेपालले अहिले फिलिपिन्ससंग खेलिरहेको छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको समूह ए को पहिलो खेलमा नेपालले पहिलो हाफमा फिलिपिन्सविरुद्ध १-० को अग्रता लिएको छ । नेपालका लागि विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।
यस समूहमा हङकङ पनि छ । समूहको शीर्ष स्थानमा रहने टिम अर्को वर्ष भारतमा हुने एसिया कपमा छनोट खेलमा सहभागी हुन पाउनेछ ।
फेसबुक प्रतिक्रियाहरु