२ भदौ, काठमाडौं । सरकारले अध्यादेश ल्याएर आफ्नो राजनीतिक शक्तिलाई अनुकूल पार्न खोजेको पहिलो यो पहिलो घटना होइन । यसअघि पनि २०७७ साल बैशाख, मंसीर र गत जेठमा पनि अध्यादेश जारी भएको थियो ।
त्यतिबेला ओली सरकारले विपक्षी दल फुटाएर आफू अनुकूल सत्ता समीकरण बनाउन र संवैधानिक निकायमा आफू अनुकूल नियुक्ती गर्न पटकपटक अध्यादेश जारी गरेका थिए ।
अहिले देउवा नेतृत्वको सरकार केपी शर्मा ओलीकै शैलीमा आफ्नो सरकार जोगाउन अनि एमालेको माधव नेपाल समूहलाई अनुकूल हुनेगरी अध्यादेश ल्याउने प्रयासमा छ । त्यतिबेला अध्यादेशको पक्षमा रहेका दलहरु अहिले त्यसको विरोध गरिरहेका छन् भने त्यतिबेला अध्यादेशको विरोध गरेकाहरुले अहिले त्यसको बचाउ गरिरहेका छन् ।
फेसबुक प्रतिक्रियाहरु