जीवन कैला। बाजुराको बुढीनन्दा नगरपालिकाले हिजो बजार अनुगमन गरेको छ । नगरपालिकाले बजारमा विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तरीयता र दैनिक उपलब्ध हुने खाद्य वस्तुको प्रभावकारीता लगायतका विषयमा बजार अनुगमन गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढाको संयोजकत्वमा गएको बजार अनुगमन टोलीले बजारमा दैनिक विक्रि वितरण भैरहेका खाद्य वस्तुको गुणस्तर, मुल्यमा एकरुपता कामय भए नभएको र म्याद नाघेका अखाद्य वस्तु निराकरण गरेको अनुगमन टोलिले जनाएको छ ।
नगरपालिकाका कर्मचारी, प्रहरी प्रशासन, पत्रकार र बजार ब्यवस्थापन लागयततको अनुगमन टोलिले भारतीकांैषाडि हाटबजारबाट म्याद नाघेका दैनिक खाद्य वस्तु वरामद गरेको अनुगमन टोलिमा संलग्न तथा नगरपालिकाका पञ्जीकरण अधिकारी गोकर्णराज रेग्मीले जानकारी दिनुभयो ।
भारतीकांैषाडि हाटबजारमा दैनिक उपभोग्य वस्तु विक्रि वितरण गर्दै आएका ब्यवसायि भगिरथ शाहीको पसलबाट डाल्टा तेल, पदम रोकाया, रणबहादुर कार्की र रमेश कार्कीको पसलबाट म्याद नाघेको पेय पदार्थ वरामद गरी नष्ट गरेको रेग्मीले बताउनुभएको छ ।
नगरपालिकाले ब्यावसायिलाई तर्साउन वेला वेला बजार अनुगमन गरे पनि ब्यवसायिको वदमासि लुक्न नसकिरहेको सेवा ग्राहिको गुनासो छ । केहि क्षणका लागि ब्यापारी तर्से पनि वदमासि नलुकेको सेवाग्राहिको भनाई छ ।
अनुगमन टोलि आएको जानकारी पाउने वित्तिकै ब्यापारीले सामान लुकाउने गरेका र पछि त्यहि सामान विक्रि वितरण गर्ने गरेका एक जना सेवाग्राहिले बताएका छन । वदमासि ब्यापारीलाई सजक वनाउन अनुगमनले मात्रै नपुग्ने भएकाले कारवार्हिको दायरामा ल्याउन पनि सेवाग्राहिले आग्रह गरेका छन ।
ब्यवसायिलाई बजारमा म्याद नाघेका तथा गुणस्तरहिन खाद्य वस्तु विक्रि वितरण नगर्न, फरक फरक मुल्य सुचि कायम नगर्न अनुरोध गर्दै यदि त्यसो गरेको भेटियमा कारवार्हि गर्ने नगरपालिकाले जनाएको छ । सेवाग्राहिले ब्यापारीले वदमासि गरेको र गुणस्तरहिन खाद्य वस्तु विक्रि वितरण गरेको भेटाएमा नगरपालिकालाई सुचना गर्न अनुरोध गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु