होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • निर्माता भीम रानाको कोरोनाबाट मृत्यु
मनोरञ्जन

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

  • नागरिक रैबार
निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ । कोरोना संक्रमणसँग जुधिरहेका रानाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मंगलबार बिहान निधन भएको हो । उनी ५८ वर्षका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । उनले ‘माइली, लवकुश, बरमाल’ लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् ।

छायाँकार गौरीशंकर धुजुले आफूले रानासँग ‘बादल’, ‘सौभाग्य’ लगायतका चलचित्रमा संगै काम गरेको स्मरण गरे । उनले भने, -‘उहाँको नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान छ । स्टील क्यामेरादेखि करिअर सुरु गरेर ठूलो चलचित्र, एनएफडिसीको सिईओसम्म भएर काम गर्नुभएको छ ।’ रानाको निधनमा थुप्रै चलचित्रकर्मीले दुःख व्यक्त गरेका छन् ।

 

विज्ञापन

चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका रविन्द्र खड्काले रानासँग आफूले ‘माया प्रीति’ चलचित्रको ‘मान्छे पुग्यो जूनमा’ अभिनय गरेको स्मरण गरेका छन् । गायिका देविका बन्दनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘पत्याउनै गाह्रो भयो, नेपाली चलचित्र जगतका वरिष्ठ सिनेमाटोग्राफर तथा निर्माता भीम राना दाई कोरोनासंग लडदै आज बिहान ८.३० मा रहनु भएन । मलाई चलचित्र माईलीमा गीत गाउने मौका दिनुभएको थियो । हार्दिक श्रद्धाञ्जली दाई बैकुण्ठबास होस् ।’

काठमाडौं लाजिम्पाट निवासी रानाको श्रीमती, एक छोरा र एक छोरी छन् । अमेरिका रहेका छोरा फर्किएपछि बुधबार पशुपति आर्यघाटमा स्वर्गीय रानाको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै