होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीका रणबहादुर ऐडी भारतको सिम्लाबाट बेपत्ता
समाचार

मार्तडीका रणबहादुर ऐडी भारतको सिम्लाबाट बेपत्ता

  • नागरिक रैबार
मार्तडीका रणबहादुर ऐडी भारतको सिम्लाबाट बेपत्ता

नागरिक रैबार/बाजुरा ३० कार्तिक। बडीमालिका नगरपालिका वडा नं. ८ गठखेत ऐडीबाडा घर भएका रणबहादुर ऐडी २ सातादेखि भारतको सिम्लाबाट बेपत्ता भएका छन् ।

कामको सिलसिलामा भारतको सिम्लामा गएका ऐडी तिहार मनाउन घर फर्किने बेला बिचबाटो बाटै दुई साता देखि बेपत्ता भएका हुन् । सिम्लामा संगै काम गर्ने साथीहरुसंग घर जान्छु भनेर सिम्लाबाट फर्केका ऐडी दुइसाता वित्दा समेत घरको सम्पर्कमा नआएको उनका भाई विरेन्द्र ऐडीले बताएका छन् ।

उनीे भारतको सिम्लामा काम गर्ने ठाउँबाट आउनु भन्दा तिन दिन अगाडी घरमा फोन गरेर म घर आउँदिन बरु पैसा पठाई दिउला भनेका थिए । तर केहि दिन पछि घरमा फोन गरेर काम गर्ने साथि सँग म घर जान्छु भनेर घर फर्किएका ऐडी दुई साता पछि पनि घर नफर्किए पछि खोजी गर्दा कतै नभेटीएको उनका भाई विरेन्द्र ऐडीले बताएका छन् ।

विज्ञापन

काम गर्ने ठाउँबाट निस्कीएको हप्ता दिन पछि उनका आफन्तले घरमा पुगेकी भनेर खबर गर्दा घर नपुगेको खवरपछि खोजी गर्दा कहि कतै सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालयमा खोजीका लागि निवेदन दिएको प्रहरीले बताएको छ ।

उनि फर्किएको मिति अनुसार बसपार्कमा टिकट लिएको छ कि छैन भनेर काउन्टरमा खबर गर्दा टिकट पनि नलिएको सँगै काम गर्ने उनका आफन्त लाल बहादुर ऐडीले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै