होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • विप्लवको भेटघाट तिव्र, विहानै बाबुरामसँग भेटवार्ता
राजनीति

विप्लवको भेटघाट तिव्र, विहानै बाबुरामसँग भेटवार्ता

  • नागरिक रैबार
विप्लवको भेटघाट तिव्र, विहानै बाबुरामसँग भेटवार्ता

काठमाडौं, १ साउन । नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाट तिव्र पारेका छन् । उनले आज विहान जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

भूमिगत जीवनबाट खुल्ला भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पहिलोटक बाबुरामलाई भेटेका हुन् । भेटमा उनले संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएको बुझिएको छ । जनमतसंग्रहबाट व्यवस्थाको टुंगो लगाउनुपर्नेमा उनको जोड थियो ।

विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर भट्टराईनिवास टोखा पुगेका थिए । भट्टराईसँग उनकी पत्नी हिसिला यमी र जसपाका नेता विश्वदीप पाण्डे पनि थिए ।

यसअघि विप्लवले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरिसकेका छन् । विप्लवले संसदीय व्यवस्था असफल भएको जिकिर गर्दै विकल्पमा जानुपर्ने प्रस्ताव नेताहरुलाई राखेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ६ दिन अगाडि