होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ भयाे भन्ने, समस्या छन् पाे भन्नु पर्‍याे : प्रधानमन्त्री ओली
राजनीति

स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ भयाे भन्ने, समस्या छन् पाे भन्नु पर्‍याे : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ भयाे भन्ने, समस्या छन् पाे भन्नु पर्‍याे : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो ।

शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स भयो ? हेल्थ सिस्टम, मेडिकल सिस्टम नै काेल्याप्स भयो भन्ने ? समस्या छन् पो भन्नु पर्‍याे ।’

सरकारका विरोधीहरूले केही पनि भएको छैन भन्ने गरेको भन्दै उहाँले परीक्षणको व्यवस्था नै नभएको देशमा परीक्षण उपलब्ध हुने व्यवस्था मिलाउनु नै ठूलो उपलब्धि भएको बताउनुभयो । महामारीको पूर्वतयारी कुनै पनि देशमा नहुने भन्दै प्रधानमन्त्री ओलीले सरकारले कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा प्रभावकारी काम गरेको दाबी गर्नुभयो । साथै उहाँले सबैलाई कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारका प्रयासमा सङ्गठित भएर सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारका प्रयासमा स्वास्थ्य क्षेत्र, निजी व्यावसायिक क्षेत्र, गैर–सरकारी संस्था, गैर–आवासीय प्रतिनिधिलगायत सबैले आ–आफ्ना ठाउँबाट व्यवस्थित र सङ्गठित ढङ्गले सहयोग गर्न आग्रह गर्छु । छरपस्ट ढङ्गले होइन ।’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा राख्न र प्रचारात्मक भन्दा पनि वास्तविक परोपकारी र मानवीय सहयोगलाई प्रभावकारी ढङ्गले अघि बढाउन आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ५ दिन अगाडि