होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वामदेवले ओलीलाई भने–प्रचण्डलाई बोलाएर तुरुन्तै छलफल गर्नुस्
समाचार

वामदेवले ओलीलाई भने–प्रचण्डलाई बोलाएर तुरुन्तै छलफल गर्नुस्

  • नागरिक रैबार
वामदेवले ओलीलाई भने–प्रचण्डलाई बोलाएर तुरुन्तै छलफल गर्नुस्

नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताको लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले तुरुन्त प्रचण्डलाई बोलाएर छलफल गर्न पनि आग्रह गरेका छन् ।

मंगलबार नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकमा मन्तव्य राख्दै संयोजक गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न प्रधानमन्त्री ओलीलाई आफूले आग्रह गरेको पनि बताए ।

प्रधानमन्त्री ओलीले पार्टीमा देखिएको समस्या समाधानका लागि प्रयत्न गर्न र अन्तरविरोध समाधान गराउन भूमिका खेल्नुपर्ने पनि उनको भनाइ छ ।
उनले भने, ‘अब तपाईको नेतृत्वको सरकार अनि त्यसको समर्थनमा वामपन्थीहरु नआउने सरकार, त्यसरी नचलाउनुस् । तपाईले आह्वान गर्नुस् कि हामी फेरिपनि वामपन्थी सरकार दिन चाहान्छौँ । त्यसो भएर नेपालका कम्युनिष्ट पार्टीहरू सबैसित म हार्दिक आह्वान गर्छु कि हामीसित वार्तामा आउनुस्, सँगै बसौँ र देशलाई अगाडि बढाउनको निम्ति हातेमालो गरौँ भन्नुस् र वामपन्थी सरकार बनाउने हो भने त्यसको फेरिपनि मुख्य शक्ति नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) हुनेछन् र तपाइले प्रचण्डलाई बोलाएर तुरुन्तै अनुरोध गर्नुस् । हामी नयाँ शिराबाट अगाडी बढौँ । आज अगाडि गरिएका हाम्रा उचित, अनुचित व्यवहारहरु, राम्रा व्यवहारहरु कायम राखेपनि हुन्छ । शिक्षा लिएपनि हुन्छ । नराम्रा अनुचित जति व्यवहारहरु भए ती सबै एउटा बेरियर, त्यसलाई कायम गरौँ । बटमलाइन एउटा निश्चित गरौँ त्यो भन्दा अगाडिका विषयहरुलाई आज हामी नउठाऔँ । अगाडी बढाऔँ भनेर त्यहाँ कुरा गर्नुस् । एमाले भित्रै अहिले समस्या देखियो । मुख्य व्यक्तिहरुलाई बोलाएर तपाईंले अनुरोध गर्नुस् । अत्यन्त सम्मानपूर्ण व्यवहार गर्नुस् । र हामी फेरी एकताबद्ध भएर जान्छौँ । हामीले गर्नुपर्ने काम धेरै छन् र त्यो राष्ट्रिय जिम्मेवारी नेकपा (एमाले) को हो । त्यो एमालेको जिम्मेवारी हामीले एकताबद्ध गरेर मात्रै पुरा गर्न सक्छौँ त्यसो भएर तपाईले यो आह्वान गर्नुस् । शुरु गर्नुस् भनेर मैले अनुरोध गरें ।’

संयोजक गौतमले माधव नेपाल समुहले छुट्टै गतिविधिहरु सञ्चालन गर्न थालेको भन्दै त्यसलाई रोक्नका लागि प्रधानमन्त्री ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकको नाममा गरिएको विधान विपरित निर्णय फिर्ता गर्नुपर्ने बताए । नेपालका सबै कम्युनिष्ट पार्टीहरुलाई राजनीतिक संयुक्त मोर्चामा ल्याउने गरी आफू अगाडि बढेको गौतमको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ५ दिन अगाडि

भर्खरै