होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली, मोदीले दिएनन् समय
समाचार

स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली, मोदीले दिएनन् समय

  • नागरिक रैबार
स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली, मोदीले दिएनन् समय

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिएपछि परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली उनलाई भेट नगरी स्वदेश फर्कन लागेका छन् ।

शुक्रबार आईसीडब्लूएले आयोजना गरेको अन्तरक्रियामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
नेपाली पक्ष ज्ञवाली शनिबार स्वदेश फर्कनुअघिसम्म भेटको समय मिलाउन प्रयासरत थियो । तर, मोदीले समय नदिएपछि त्यो भेट सम्भव भएन । दिल्लीस्थित दूतावासले मोदीसँगको भेटका लागि ज्ञवाली भारत आउनु अघिदेखि नै प्रयास गरेको थियो ।

 

नेपाली पक्षले ज्ञवाली शनिबार स्वदेश फर्किनुअघिसम्म पनि मोदीसँग भेट हुने आशा गरेको थियो । त्यही आशमा ज्ञवाली अन्तिम समयसम्म आफू बसेको होटल ताजमा भारतीय पक्षबाट भेटको समय मिल्ने पर्खाइमा थिए । तर, अन्तिममा भेट नहुने निश्चित भएपछि ज्ञवाली एअरपोर्टतिर लागेका हुन् ।

मन्त्री ज्ञवाली नेपाल वायु सेवा निगमको अपरान्ह दुई बजेको उडानबाट स्वदेश फर्कँदै छन् । यस विषयमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले टिप्पणी गर्न चाहेनन् ।

पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको थियो । मोदीले भेटका लागि समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक परिस्थितिसँग पनि जोडेर हेरिएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने निर्णयपछि विकसित घटनाक्रमलाई अझै कुन रुपमा हेर्ने भन्ने विषयमा दिल्ली केही समय पर्ख र हेरको रणनीतिमा रहेको संकेतको रुपमा समेत विश्लेषण भइरहेको छ ।

मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए । करिब पैतालीस मिनेट भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धहरुका बारेमा सौहार्द छलफल भएको भारतका लागि नेपाली राजदूत आाचार्यले बताए । ज्ञवाली र सिंहबीच दुई देशबीचका भावनात्मक, सांस्कृतिक, परम्परागत निकटता बारेमा छलफल भएको राजदूत आचार्यले  बताए । नेपालको आन्तरिक राजनीतिक विषयमा भने कुनै छलफल नभएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै