होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार २, २०८२
जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै
अन्तर्राष्ट्रिय

भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

  • नागरिक रैबार
भारतले आजदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै

आजदेखि भारतले सर्वसाधारणका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने भएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको छ।

अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुरा गर्नेछन्। भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार ६ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुनेछन्।

अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्यक्रम छ।भारतले पहिलो प्राथमिकतामा ३० करोडलाई जुलाईसम्ममा खोप लगाउने बताएको छ ।यसका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ।

विज्ञापन

भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन छन्। अभियानको लागि भारत सरकारले एक करोड १० लाख डोज ‘कोभिसिल्ड’ र ५५ लाख डोज ‘कोभ्याक्सिन’ खरिद गरेको छ ।‘कोभिसिल्ड’ प्रति डोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै