होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले महाधिवेशन : बाजुरामा २ जना दलित प्रतिनिधि समेटिएनन्
समाचार

एमाले महाधिवेशन : बाजुरामा २ जना दलित प्रतिनिधि समेटिएनन्

  • नागरिक रैबार
एमाले महाधिवेशन : बाजुरामा २ जना दलित प्रतिनिधि समेटिएनन्

नागरिक रैबार/बाजुरा २९ कार्तिक । नेकपा एमाले जिल्ला कमिटी बाजुराले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा २ जना दलित प्रतिनिधिलाई जानबाट बन्चित गरेको छ ।

महाधिवेशनमा बाजुराबाट २० जना प्रतिनिधि मध्ये ६ जना दलितबाट प्रतिनिधित्व हुनुपर्नेमा ४ जनालाई मात्र समावेश गरेको पाईएको छ ।

महाधिवेशनमा पार्टीको विधान र जिल्लाको संगठीत सदस्य संख्याको आधारमा बाजुरामा २० जना प्रतिनिधिहरु मध्येबाट ६ जना दलित प्रतिनिधि अनिवार्य समेट्नु पर्ने व्यवस्था गरेको छ । तर दलित प्रतिनिधिमा बाजुराबाट ६ जना मध्ये ३ जना पूरुष काँशी विक, मोहन नेपाली, पदम नेपाली र १ जना महिला राजकला शार्कीलाई मात्रै समेटेको छ ।

विज्ञापन

एमाले बाजुराले ६ जना दलित प्रतिनिधिको कोटा मध्ये २ जना दलित प्रतिनिधिहरुको कोटा कटौति गरेर खुलातर्फ १० जना हुनुपर्नेमा १ जना थप गरेर ११ जना समेटेर प्रतिनिधि थपेको छ भने एक जना महिलालाइ दलितकै कोटा काटेर समेटेको देखिन्छ ।

यसरी बाजुरामा एमालेले प्रतिनिधि छनोट गर्दा दलितको कोटामा दलितलाई नै महाधिवेशन प्रतिनिधी जानबाट बन्चित गरेपछि सिंगो बाजुराका दलित समुदायबाट एमालेको राजनिति गर्ने नेताहरुले घोर आपत्ति जनाएका छन् ।

यी हुन बाजुराबाट महाधिवेशनमा छनोट भएका प्रतिनिधिहरु:

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै