नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लामा रहेका मानव अधिकारकर्मीहरुको सुरक्षा एंव सरक्षण कसरी गर्न सकिन्छ भन्ने बारे जिल्ला स्थित सरोकारवाला निकायसंग एक अन्तरक्रिया कार्यक्रम मार्फत छलफल गरिएको छ ।
मानव अधिकार रक्षक संजाल बाजुरा र इन्सेक बाजुराको सयुक्त आयोजनामा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा बाजुरामा मानव अधिकार हनन् हुने खालका घटनाहरुको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मानव अधिकारकर्मीहरु नै असुरक्षित हुने गरी कहि कतैबाट पनि सूचना चहावट गर्न नहुने बताए । उनले जिल्लामा हुने मानव अधिकार हननका घटनाहरुमा मानव अधिकारकर्मीहरुले मागेको सुचना चुहावट नहुने गरी सूचना आदानप्रदान गर्न प्रहरी लगायतका निकायलाई अुनरोध गरेका थिए ।
मानव अधिकार कर्मीहरुको जिल्लामा सरकारी सुरक्षा समितिहरुमा अभिलेखीकरण गर्नुपर्ने, मानव अधिकार कर्मीहरुले प्रहरी र सुरक्षा संयन्त्रमा खवर गर्दा प्रहरीले गोपनियता राख्नुपर्ने, भौगलिक समस्याका कारण संचारको सेवा नहुदा मानवअधिकार कर्मी असुरक्षीत हुदा राज्यको निकायसंग जानकारी लिन र दिन समस्या हुने गरेको, मानव अधिकारकर्मीहरुले आफैले पनि आचारसहिंताको पालना गर्नुपर्ने र फिल्डमा जाँदा आर्थिक समस्या हुने भएकोले सम्बन्धित निकायबाट आर्थिक सहयोग गर्नुपर्ने जस्ता सुझावहरु आएको मानव अधिकारकर्मी तथा ईन्सेक बाजुराका प्रतिनिधी पदम बहादुर सिहंले बताएका छन ।
नेपाल सरकार गृह मन्त्रालय कानुन महाशाखा मानव अधिकार प्रबद्र्धन शाखाको मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षण गर्ने सम्बन्धी आदेश २०७७ अनुसार अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीहरुले भोगेका समस्याका बिषयमा छलफल गरिएको थियो ।
मानव अधिकार रक्षक संजाल बाजुराका अध्यक्ष निमेन्द्र शाहीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी रहेको थिए भने कार्यक्रमको संचालन मानव अधिकार रक्षक संजाल बाजुराका सदस्य लक्ष्मीराज पाध्यायले गरेका थिए । त्यस्तै कार्यक्रमको स्वागत तथा कार्यक्रमका बारेमा सदस्य तुलाराम जैशीले जानकारी गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय बाजुराको हलमा आयोजित कार्यक्रममा बिषिष्ठ अतिथि जिल्ला न्यायधिबक्ता चुडामणी पराजुली, अतिथि अधिबक्ता हर्क खडायत, प्रहरी निरिक्षक बलेन्द्र नाथ र जिल्ला स्थित मानव अधिकार रक्षक संजालका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु