नागरिक रैबार/बाजुरा २९ साउन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य विनोद गिरीको हृदयघात भएर निधन भएको छ । एक्कासी भएको हृदयघातपछि शुक्रबार बिहान गिरीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार बिहान मात्रै घरबाट कोल्टी बजार गएका र असहज महसुश भएपछि उनी लुम्बिनी होटल पछाडीको मकैबारीमा पल्टेको अबस्थामा फेला पारेको नेविसंघका नेता रविन्द्र रोकायाले बताए ।
उनको अवस्थाको जानकारी पछि केही समयपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दागर्दै उनको मृत्यु भएको बिद्यार्थी नेता रोकायाले बताए । नेपाली काँग्रेस बाजुराका होनाहार युवा नेता गिरीको निधनपछि नेपाली काँग्रेस बाजुराले पार्टीमा अपुरणिय क्षती भएको बताउँदै समवेदना प्रकट गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु