होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, असार २७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ
समाचार

विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ

  • नागरिक रैबार
विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु पक्राउ

काठमाडौँ — प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।

 

हिजोको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले नै मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराएको आरोप लगाएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका यादवले बोल्नेबित्तिकै प्रमुख सचेतक भट्टराईले हिजोको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावलीलाई संसद्को‌ रेकर्डबाट हटाउन माग गरेका थिए ।

प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले आशन ग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाई राख्न समय उपलब्ध गराएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै