नागरिक रैबार / बाजुरा २९ साउन । बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ८र १० बिचमा पर्ने बेताल छडि झरना पर्यटकको पर्खाइमा रहेको छ । साफे मार्तडी सडक खण्डको करिब २० मात्रै मिनेट पैदल यात्रा रहेको झरना संरक्षण र प्रसार प्रसार अभावमा अाेझेलमा रहेको बुढिगंगा नगरपालिका वडा नम्बर ८ का स्थानीय कृष्ण थापाले बताउनुभयो ।
यसको प्रसारप्रसार हुन सके झरना धार्मिक दृष्टिकोणले समेत अगाडि बढाउन सकिने सम्भावना रहेको छ । परापुर्बक कालमा बेताल देवताले याे झरनाबाट लडाकु घाेडा माथि चढाएकाे बिश्वास गरिन्छ ।
झरनाकाे बीच चट्टानमा अहिले समेत घाेडाका खुरुका छापहरु समेत रहेका छन । कडा चट्टानबाट झरेको झरना करिब १०० देखि १५० मिटरसम्म यसको उचाइ रहेको हुन सक्ने अनुमान स्थानीयहरुकाे छ । पर्यटककाे लागि सुरक्षित बाटो र यसको प्रसार प्रसार हुन सके निकट भबिष्यमै यश क्षेत्रकै पर्यटकीय स्थानका रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको छ । जेठ देखि भदौ सम्म याे झरना झन् मनमाेहक हुने गर्दछ !
फेसबुक प्रतिक्रियाहरु