होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले फुट्ने, माधव नेपालले नयाँ दल खोल्ने
राजनीति

एमाले फुट्ने, माधव नेपालले नयाँ दल खोल्ने

  • नागरिक रैबार
एमाले फुट्ने, माधव नेपालले नयाँ दल खोल्ने

काठमाडौं, २८ असार । प्रतिनिधि सभा पुनः स्थापना भएपछि नेकपा एमाले पार्टीको भविष्यबारे चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिन दबाब दिदै आएका थिए । हस्ताक्षर फिर्ता नलिए एमाले हुननसक्ने बताएका थिए ।

अब २३ सांसदको हस्ताक्षरकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्था बन्यो । यसले ओलीलाई ठूलो राजनीतिक धक्का परेको छ । अब उनले माधव नेपालसहित हस्ताक्षरकर्ता २३ सांसदमाथि कस्तो कदम चाल्ने हुन् ? चासोको विषय बनेको छ ।आज एमाले स्थायी कमिटी बैठक डाकिएको छ । बैठकमा माधव नेपाल खेमाका स्थायी कमिटी सदस्य नजाने भएका छन् । आजै जन्मदिन भएका बामदेव गौतम पनि नजाने भएका छन् ।

माधव नेपाल समूहको खेमामाथि आजको बैठकले कुनै कठोर कदम चाल्ने सम्भावना पनि छ । त्यसले नेकपा एमालेलाई औपचारिक विभाजनतर्फ लान सक्छ ।कुनैपनि बेला पार्टी फुट्नसक्ने बुझेर माधव नेपालले अग्रिम तयारी गरिसकेका छन् । उनीनिकट पूर्व अनेरास्ववियू नेता जीवन राईले नेकपा एकीकृत स्थापना गरी कलम चिन्ह लिइसकेका छन् । माधव नेपालले अब नयाँ दल खोलेर बढ्ने सम्भावना देखिएको छ ।

विज्ञापन

एमाले जोगाउन अब केपी शर्मा ओलीले अध्यक्ष छाडेर नयाँ ढंगले बढेमात्र सम्भव देखिन थालेको छ । कि त माधव नेपाल ब्याक हुनुपर्छ । दुवै नेता ब्याक नहुने भएपछि एमाले फुट्ने निश्चितप्रायः छ ।

माधव नेपालको एमाले केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत छैन । अब उनले देउवा, प्रचण्डसहितको गठबन्धनमा अझै रहने हो भने पार्टी विभाजनको कठोर निर्णयमा जानुको विकल्प छैन । यसकारण पनि एमाले फुट्ने सम्भावना छ । माधव नेपालले कलम चिन्ह लिएर नयाँ दल खोल्ने सम्भावना प्रबल भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि