होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली
प्रदेश ७

देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली

धनगढी: सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली मनाउन थालिएको छ। सामाजिक सञ्जाल फेसबुकमा देउवालाई बधाई दिनेको पनि ओइरो छ। पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको भन्दै नेपाली काँग्रेससहित अन्य दलका नेता कार्यकर्ताले पनि बधाई दिएका छन्। डडेल्धुरा गृहजिल्ला भएका देउवा अहिलेसम्म भएका निर्वाचनमा अपराजित छन्।

 

यता नेकपा एमालेभित्र केपी शर्मा ओली पक्षका नेताहरुले भने अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिन थालेका छन्। ओली पक्षका नेता नारदमुनी रानाले अदालतको फैसलाले अस्थिरता र भिडन्त निम्त्याएको प्रतिक्रीया जनाएका छन्। ओली पक्षका नेता तथा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहरा, एमाले प्रदेश सचिव राजेन्द्र रावल लगायतले पनि अदालतको परमादेशविरुद्ध अभिव्यक्ति दिएका छन्।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै