अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो।
अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।यो खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो ।
नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् । नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु