धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको सास फेर्ने हावा केही दिनदेखि लगातार प्रदूषित भइरहेको छ।विगत २४ घण्टामा धनगढीको हावा नेपालको वायु प्रदूषण सूचाकांका एक्यूआईमा ४०० नाघेर सबैभन्दा खराब तहमा पुगेको छ।
त्यो क्रम अझै जारी छ। किनभने सोमबार पनि नेपाल सरकार वातावरण मन्त्रालयको वायु प्रदूषण पोर्टलमा धनगढीको वायु प्रदूषण सूचकांक ४३० पुगेको देखियो।वायु प्रदूषण एक्यूआई ५० सम्म सामान्य मानिन्छ, १०० नाघेपछि खराब र ३०० नाघेपछि अत्यन्त खराब हुन थाल्छ।एक्यूआई ४०० नाघ्नु भनेको वायु प्रदूषण अत्यन्त हानिकारक तहमा पुग्नु हो।
जानकारहरूका अनुसार धनगढी र नेपालका अन्य सहरको हावा विषाक्त बनाउने कारक यी हुन्:
प्लास्टिक र अन्य फोहरमैला व्यवस्थापन गर्ने ल्यान्डफिल साइट नभएर जताततै प्लास्टिक जलाउने गर्नु;
लगातार वनमा डढेलु लाग्नु र तिनलाई निभाउने प्रयास लगभग शून्य हुनु;
गहुँबाली भित्र्याएपछि खेतखेतमा नल जलाउने गर्नु;
निर्माणाधिन सडकहरूमा गुड्ने सवारी साधनले लगातार धुलो उडाउनु र धुवाँ फ्याक्नु।
विज्ञहरूका अनुसार डढेलो निभाउने र जथाभाबी प्लास्टिक र अन्य फोहर तथा नल जलाउने काम तत्काल बन्द गरे सास फेर्ने हावा थप दूषित बन्ने क्रम रोक्न सकिन्छ।
फेसबुक प्रतिक्रियाहरु