होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सहमतिमा पार्टीको सभापतिमा दोहोरीन्छु : कविराज पंडित
Breaking News

सहमतिमा पार्टीको सभापतिमा दोहोरीन्छु : कविराज पंडित

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सहमतिमा पार्टीको सभापतिमा दोहोरीन्छु : कविराज पंडित

नागरिक रैबार/बाजुरा २६ भदौ। नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पंडितले जिल्लाको सातौं अधिवेशनमा आम नेता तथा कार्यकर्ताहरुको सहमति अनुसार पार्टी सभापतिको उम्मेदवार हुने दावी गरेका छन् ।

सभापतिको पंडितको निजि सचिवालयले शनिबार मार्तडीमा गरेको पत्रकार सम्मेलनमा सभापति पंडितले आगामी अधिवेशनमा सहमतिका साथ पुनः पार्टीको सभापतिमा उम्मेदवारी रहने दावी गरेका हुन् ।

पार्टी सभापतिको एक कार्यकाल सफलताका साथ सम्पन्न गरेकोले जिल्ला भरका काँग्रेस कार्यकर्ता नेताहरुबाट आफुलाई एक कार्यकाल फेरी जिल्लाको सभापतिमा दोहोरीनु पर्छ भनेर दवाव आएकोले पुनः एकपटक जिल्लाको सभापतिमा उम्मेदवारी दिनेछु उनले भने ।

विज्ञापन

एक कार्यकाल जिल्लाको पार्टी सभापति भईसकेकोले आफ्नो व्यक्तिगत इच्छ्या भनेको खासमा केन्द्रिय सदस्यमा जाने हो । तर कार्यकर्ताको चर्को दवाव र काँग्रेसको विधानले पनि दोस्रो कार्यकाल सभापति हुन् पाउने प्रावधान बनाएकोले एक पटक जिल्ला सभापतिमै दोहोरीने उनको भनाई थियो ।

बाजुरा जिल्लामा पार्टी सभापतिका लागि मुख्यतः ३ वटा पक्षबाट पार्टी सभापतिका दाबेदार देखिएका छन् । जसमध्ये देउवा पक्षबाट वर्तमान जिल्ला सभापति कविराज पंडित, पौडेल पक्षबाट वरिष्ठ नेता रामसिंह रावल र सिटौला पक्षबाट जनकराज गिरी छन् ।

बाजुराको सातौँ जिल्ला अधिवेशन नजिकीदै गर्दा बाजुरामा अहिले काँग्रेसले वडा अधिवेशनहरु गरिरहेको छ । केन्द्र देखि जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु अधिवेशन केन्द्रित बनेका छन् । भिडियो सहित

https://www.facebook.com/madan.bishowkarma.90/videos/445836163342712

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै