होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेटौंडा अस्पतालमा १ सय ३ कोरोना संक्रमितको मृत्यु
समाचार

हेटौंडा अस्पतालमा १ सय ३ कोरोना संक्रमितको मृत्यु

  • नागरिक रैबार
हेटौंडा अस्पतालमा  १ सय ३ कोरोना संक्रमितको मृत्यु
साँकेतिक तस्वीर

मकवानपुरको हेटौंडा अस्पतालमा हालसम्म कोरोनाका कारण १ सय ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा मात्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा उपचारको क्रममा १ सय ३ जनाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले बताए ।

मृत्यु हुनेमा ३७ जना महिला र ६६ जना पुरुष रहेको उनले बताए । उनका अनुसार आजै मात्र थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ की ६० वर्षीय महिला रहेकी छिन् ।

त्यस्तै हेटौंडा अस्पतालको कोभिड उपचार कक्षबाट हालसम्म ३ सय ४६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सुरु भए देखि नै हेटौंडा अस्पताललाई कोरोना अस्पतालको रुपमा प्रयोग गरी उपचार सेवा प्रदान गर्ने क्रममा १ सय ६४ जना महिला र १ सय ८२ जना पुरुष कोरोना संक्रमण निको भएर घर फर्किएका डा.काफ्लेले बताए ।

त्यस्तै हेटौंडा अस्पतालबाट २५ जना कोरोना संक्रमितहरुलाई अन्यत्र रिफर गरिएको उनको भनाई छ । आजै मात्र ३ जना महिला र ४ जना पुरुष गरी ७ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका हुन् । हाल अस्पतालको कोभिड–१९ उपचार कक्षमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै