नागरिक रैबार/बाजुरा २७ असार। बाजुराको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी ओलीको पक्षमा राष्ट्रिय युवा संघ नेपालले सडक प्रर्दशन गरेको छ ।
आईतबार राष्ट्रिय युवा संघ नेपालमा आवद्ध युवाहरुले मोटरसाईकल र्याली सहित सदरमुकाम मार्तडी बजार परिक्रममा गरेर सडक प्रर्दशन गरेको हो ।
वर्तमान सरकार र नेकपा एमाले विरुद्धको घेराबन्दी, विपक्षी गठवन्धनको असंवैधानिक र राष्ट्रघाति कदमका विरुद्ध बाजुरामा पनि युवाहरुले सडक प्रर्दशन गरेको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।
विपक्षी गठवन्धनको विरुद्धमा सडकमा उत्रेको युवा संघले मार्तडीको लोकतान्त्रिक चोकमा कोण सभा समेत आयोजना गरेको रोकायाले बताएका छन् । सडक प्रर्दशनमा युवा संघमा आवद्ध ५० बढी युवाहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु