नागरिक रैबार/बाजुरा २७ असार। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ५ क्युडिका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।
हिमाली गाउँपालिकाको सहयोगमा उक्त वडाका बाढीपीडित परिवारलाई तत्कालका लागि राहत स्वरुप खाद्यन्न र बस्नका लागि त्रिपाल वितरण गरिएको हो ।
क्यूडीमा गएको जेष्ठ २७ गते देखि असार ३ गते सम्म आएको मनसुन वर्षाका कारण क्यूडी वस्ती पूणर्रुपमा जोखिममा परेको थियो ।
फेसबुक प्रतिक्रियाहरु