होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकाको आठौं नगर सभा सकियो
समाचार

बडीमालिका नगरपालिकाको आठौं नगर सभा सकियो

  • नागरिक रैबार
बडीमालिका नगरपालिकाको आठौं नगर सभा सकियो

नागरिक रैबार/बाजुरा २७ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको आठौं नगरसभा तथा हिउँदे अधिवेशन आज सम्पन्न भएको छ । “समृद्ध नगर, खुसी नगरबासी” भन्ने मुल नाराका साथ सुरु भएको नगरपालिकाको आठौं नगर सभा सोमबार एक औपचारिक कार्यक्रमका विच सम्पन्न भएको हो ।

नगरपालिकाले सातौँ नगरसभा पश्चात कार्यपालिकाको बैठकबाट स्वीकृत गरेका कार्यविधिहरु पारित गर्दै आठौँ नगर सभा सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमहरु आठौं नगर सभामा पेश गरेको थियोे ।

No description available.

विज्ञापन

आठौं नगरसभामा नगरपालिकाको सातौँ नगर सभामा कार्यापालिकाबाट स्वीकृत भएको बडीमालिका नगरपालिका पत्रकार कल्याण कोष स्थापना तथा संचालन निर्देशिका, घर बहाल कर सम्बन्धी कार्यविधि, बडीमालिका नगरपािलका सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धि कार्यविधि नगरपालिकाको सार्वजनिक जवाफदेहिता पर्वद्धन सम्बन्धि कार्यविधि मेलमिलाप केन्द्र संचालन कार्यविधि, लैङ्गिक हिंसा निवारणको संचालन तथा व्यवस्थापन कार्यविधी, कक्षा ८ को परिक्षा संचालन तथा व्यवस्थापन कार्यविधिहरु नगरसभाबाट निर्विरोध निणर्यार्थ पारित गर्दै २०७७ अनुमोदनका लागि सभामा पेश गरिएको थियो ।

No description available.

त्यस्तै नगरपालिकाको आठौँ नगर सभाबाट सदरमुकाम मार्तडी स्थित क्रियटर जोन एकेडेमीलाई कक्षा ११ थपका लागि अनुमती दिने र उर्जा निती २०७६ पनि पारित गरेको साथै आठौँ नगरसभाले सातौँ नगरसभा पश्चात नगरपालिकाबाट भएको खर्च विवरण पनि प्रस्तुत गरिएको थियो ।

नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको नगरसभामा नगर-उपप्रमुख कविता बिष्ट, नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी लगायत पत्रकारको सहभागिता रहेको थियो । नगरसभा कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार