होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश
समाचार

राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश

  • नागरिक रैबार
राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् ।

बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् ।

त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा शोक प्रस्ताव पास गरेको छ । राष्ट्रिय सभाको अर्को बैठक भदौ २८ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

विज्ञापन

राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेश हुँदा एमाले सांसदहरु रोष्टम अगाडि पुगेर नाराबाजीसहित प्रदर्शन गरेका थिए । एमाले सांसदहरुले शुक्रबारको प्रतिनिधिसभा बैठकमा पनि विरोध जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार