लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ।
पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो। तर, राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित उनी पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका विपक्षी गठबन्धनका सांसदहरूले पुनस् अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
विपक्षी गठबन्धनले भने आफूतिर बहुमत रहेको भन्दै मुख्यमन्त्रीको पुनर्नियुक्ति खारेज गर्नुपर्ने जिकिर गर्दै आएका छन्।
मुख्यमन्त्रीले राजीनामा दिएपश्चात् पुनः नियुक्त भएर सपथ लिंदा समेत विपक्षि गठबन्धनले विरोध गरेको थियो। त्यतिबेला झडकोस्थिती समेत सृजना भएको थियो।
आइतबार नै आफूहरुले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिने बताइएको छ।
फेसबुक प्रतिक्रियाहरु