चक्र बहादुर अएडी/बाजुरा २७ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा मंगलबार सुरक्षित खाने पानी पिउनको लागि फिल्टर वितरण गरिएको छ ।
वडा नम्वर ५ मनाका २३० घरधुरीलाई एक एक ओट सुरक्षित पानी पिउनको लागि फिल्टर वितरण गरिएको वडा कार्यलयले बताएको छ । सो कार्यक्रममा ५० प्रतिशत वडाकार्यलयको अनुदान र ५० प्रतिशत स्थानिय उपभोक्ता बाट आर्थिक संकलन गरि वितरण गरिएको बताएको छ ।
पछिल्लो समय खाने पानीबाट विभन्न किसिमका रोगहरु जस्तै झाडा पखाला , रुघा खोकि जस्ता सरुवा रोगहरु फैलिने भएका कारण केहि हद सम्म राहात पुगोस भनेर फिल्टर वितरण गरिएको वडा अध्यक्ष बल बहादुर थापाले बताउनु भयो ।
एक औपचारिक कार्यक्रमका विच वडाध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा प्रत्येक परिवारलाई फिल्टर वितरण गरिएको हो । कार्यक्रममा करिव २ सय जनाको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु