होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालका अगाडि बादल खास केही होइनन् : शंकर पाेख्रेल
राजनीति

माधव नेपालका अगाडि बादल खास केही होइनन् : शंकर पाेख्रेल

  • नागरिक रैबार
माधव नेपालका अगाडि बादल खास केही होइनन् : शंकर पाेख्रेल

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधवकुमार नेपालको अगाडि रामबहादुर थापा बादल खास केही नभएको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मुख्यमन्त्री पोखरेलले नेता नेपालको अगाडि बादल खास केही नभएको बताएका हुन्।

पोखरेलले लेखेका छन्,‘जसरी माधव कमरेडको तुलना वादल कमरेडसंग हुँदैन भनेर हामी भन्छौ, त्यसरी नै वादल कमरेडको तुलना खिमलाल देवकोटासंग हुनै सक्तैन। मनन गरौ।’

उनले गृहमन्त्री बादलको तुलना राष्ट्रियसभा सदस्यका उम्मेदवार खिमलाल देवकोटासँग हुनै नसक्ने उल्लेख गरेका छन्। वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा र कांग्रेस माओवादी केन्द्र गठबन्धनको तर्फबाट डा. खिमलाल देवकोटाको उम्मदेवारी दिएका छन्। शुक्रबार वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा थापा र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि