नागरिक रैबार/बाजुरा २२ भदौ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार मन्त्री शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । त्यस्तै अर्का राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छन् ।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिएका हुन् । राजीनामा पत्र बुझाउँदै मन्त्री शाहले भने ‘मैले पार्टी र पदमा एउटा रोज्नुपर्ने थियो, लोकतन्त्र बलियो बनाउनका लागि मैले पार्टी रोज्दै राजीनामा दिएको हुँ ।
विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा थिए। सो समयमा केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी र प्रदेश कमिटीले गरेको निणर्यविरुद्ध शाह र गहतराज पटकपटक उभिएका थिए।
बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभामा निर्वाचित शाहले करिव ३ वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री र ५ महिना आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए ।
फेसबुक प्रतिक्रियाहरु