होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपाल समूहको बैठक : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै
राजनीति

माधव नेपाल समूहको बैठक : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै

  • नागरिक रैबार
माधव नेपाल समूहको बैठक : केन्द्रीय सदस्यको उपस्थिति बढ्दै

नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए । बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको बैठकमा सहभागी भएका छन् । हिजो ७० जनाको सहभागिता रहेको बताइएको थियो ।

हिजो आचार्य स्थायी कमिटी बैठकमा सहभागी भएपनि केन्द्रीय कमिटीमा सहभागी भएका थिएनन् भने पाण्डे कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेको कारण देखाउँदै सहभागी भएका थिएनन् । आजको बैठकमा सहभागी हुने अन्यमा केन्द्रीय सदस्यको भूमिकामा रहेका नेताहरु रहेका छन् । आफ्नो समूहको रणनीति बनाउन नेपाल समूहको बैठक क्वालिटी बैंक्वेट बुद्धनगरमा जारी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि