होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मी प्रशासन कार्यालयमा १५ मिनेटमै सेवा
समाचार

गुल्मी प्रशासन कार्यालयमा १५ मिनेटमै सेवा

  • नागरिक रैबार
गुल्मी प्रशासन कार्यालयमा १५ मिनेटमै सेवा

२२ पुस, गुल्मी । गुल्मी जिल्ला प्रशासनले नागरिक मैत्री सेवा दिने थालनी गरेको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् । प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा १५ मिनेटमै दिन सुरुवात गरेको छ । यसले गर्दा जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आउने सेवाग्राही प्रशासनको काम प्रति सहज भएको छ ।

 

सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरितो र हुन सक्ने काम आफैंले गर्न सक्ने वातवरणसहित सेवा प्रवाह प्रशासन कार्यालयबाट प्रदान गरिएको छ । जसले गर्दा सेवाग्रही प्रशासनले दिने सेवाप्रति सन्तुष्ट भएको बताउँछन् ।

नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयले प्रवेशद्वारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्री वाइफाई सेवा समेत दिएको छ । प्रशासन कार्यालयमा कुनैपनि सेवा लिन आउने सेवाग्राही लाइन लाग्ने समय बाहेक १५ मिनेटमै सेवा पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले बताए ।

प्रशासनमा आउने सेवाग्राहीसँग नम्रबोली बालेर सेवा दिन कर्मचारीहरुलाई निर्देशन पनि गरेको भण्डारीले बताए ।

प्रशासनले सेवाग्रहीको सहजताको लागि कार्यालय परिसरमै नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि