होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • कोल्टी क्षेत्रमा यस वर्ष खाद्य संकट नहुने संकेत
हिमाली

कोल्टी क्षेत्रमा यस वर्ष खाद्य संकट नहुने संकेत

  • नागरिक रैबार
कोल्टी क्षेत्रमा यस वर्ष खाद्य संकट नहुने संकेत

नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो ।

यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको थियो ।यस वर्ष समयमै ठेकेदार कम्पनिले चामल ढुवानी गरेका कारण कोल्टी क्षेत्रमा खाद्य संकट नुहने भएको हो ।

आगामी असार मसान्त सम्मका लागि कोल्टी डिपोमा आवश्यक पाँच हजार क्वीन्टल चामल ढुवानी हुनु पर्ने थियो । सो चामल ढुवानीको जिम्मा पाएको सिंह व्रर्दशले पाँच हजार क्वीन्टल चामल १५ दिनमै ढुवानी गरेपछि त्यस क्षेत्रमा यस वर्ष खाद्यन्न अभाव नुहने देखिएको छ ।

विज्ञापन

यस अघि कोल्टी डिपोमा आवश्यक पर्ने चामल ठेकेदारहरुले समयमै ढुवानी नगर्दा खाद्य संकट हुने गरेको थियो । यस वर्षको चामल ढुवानीको जिम्मा पाएको सिंह व्रर्दशले समयमै चामल ढुवानी गरेर कोल्टी डिपोमा पुगेकोले अव कोल्टीमा खाद्य संकट टर्ने कोल्टी डिपोका प्रमुख नविन आचार्यले बताएका छन् ।

चामल ढुवानीको जिम्मा लिएको सिहं ब्रदर्शका प्रोप्राइटर हसं बहादुर सिहंले बाजुराको सडकको कुनै भर नभएकोले सबै चामल ढुवानीको जिम्मा पाएको १५ दिनमै ५ हजार कुईनटल चामल ढुवानी गरिसकेको बताएका छन् ।

खाद्य कम्पनी र सप्लायर्सबीच मसिंर देखी असार सम्म ढुवानी गर्ने सम्झौता भएको भए पनि साँफे मार्तडी र मार्तडी कोल्टी सडक विचमा अवरोध हुने हुँदा आफैलाई समस्या हुने र कोल्टी क्षेत्रका सर्वसाधारण चामल पाउन बाट बन्चीत हुने समस्यालाई मध्येनजर गरि एकै पटक सम्झौता भए अनुसारको चामल ढुवानी गरिदिएको ठेकेदार सिंहले बताए । यस अघिका ठेकेदारहरुले सम्झौता अनुसारको चामल समयमै ढुवानी नगर्ने ठेकेदारलाई ठेकेदार सिहंले चुनौती दिएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार