नागरिक रैबार/बाजुरा १९ असोज। दशैँतिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल बिक्री गर्न थालेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनिले आजबाट मार्तडी र कोल्टी डिपोबाट सर्वसाधारण उपभोक्तालाई सहुलियत दरमा चामल विक्री गर्न थालेको हो ।
दशैं तिहारलाई लक्षित गर्दै कम्पनिले सर्वसाधारण उपभोक्तालाई प्रति केजि ४० का दरले आजबाट चामल विक्री वितरण गर्न लागेको शाखा प्रमुख मेघराज ओझाले बताएका छन् । सामान्यतया अरू समयमा कम्पनिले यस चामललाई १३ सय ५० मा बिक्री गर्दै आएको थियो ।
सदरमुकाम मार्तडी र कोल्टीमा रहेको खाद्यन्न गोदामबाट अरुवा मोटा चामल बजारको मुल्य भन्दा सस्तो दरमा बिक्री गर्न थालेको शाखा प्रमुख ओझाले बताएका छन् ।
निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको कम्पनिले दशैँतिहारलाई लक्षित गरी यहि असोज १९ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । दशै तिहारलाई लक्षित गरी खाद्यन्न व्यापार कम्पनिले सहलियत दरमा चामल विक्री गर्न थालेपछि सर्वसाधारण उपभोक्ता खुसी भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु