जनकपुर — नेकपा एमालेका प्रदेश २ का थप दुई सांसदले आइतबार एकीकृत नेकपा समाजवादी पार्टी रोजेका छन् । जनकपुरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर उनीहरुले नेकपा(एस) रोजेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सांसद सीता गुरुङले नेकपा(एस) रोजेको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश सांसद विश्वकर्मा र गुरुङ दुवैजना बाराका हुन् । एमाले छोडेर नेकपा(एस)मा लागेका प्रदेश सांसदको संख्या अब १३ पुगेको छ । प्रदेश २ मा एमालेका २१ जना सांसद थिए ।
दल रोज्न एकैसाथ बिहीबार एमालेका १० सांसद निर्वाचन कार्यालय पुग्दा प्रदेश सांसद विश्वकर्मा र गुरुङ भने एमालेले वीरगन्जमा आयोजना गरेको कार्यक्रमा देखिएका थिए । एमालेमै रहने कि नेकपा(एस) रोज्ने दोधारमा रहेका विश्वकर्मा र गुरुङलाई भने फकाउन नेकपा(एस)का शीर्ष तह नै कसरतमा लागेको थियो ।
भारतको नयाँ दिल्लीमा उपचाररत रहेका एमालेका सांसद डिल्ली उप्रेतीले भने नेकपा(एस) रोजेको कागजी प्रक्रिया दूतावासमार्फत सनाखत गराउन दिल्ली पुगेको छ । प्रदेश सांसद उप्रेतीको सनाखत आएपछि उनले दल रोजेको मान्य हुने निर्वाचन कार्यालयले जनाएको छ ।कान्तिपुर बाट साभार
फेसबुक प्रतिक्रियाहरु