होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ २६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेमा ७० वर्षे उमेरहद : ओलीलाई ‘कम्फरटेवल’ !
समाचार

एमालेमा ७० वर्षे उमेरहद : ओलीलाई ‘कम्फरटेवल’ !

  • नागरिक रैबार
एमालेमा ७० वर्षे उमेरहद : ओलीलाई ‘कम्फरटेवल’ !

नेकपा एमालेको जारी विधान महाधिवेशनले ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यदि कोही ७० वर्ष पुरा हुनुअघि नै उम्मेदवार भएर जितेको खण्डमा उसले पूरा कार्यकाल काम गर्न पाउने व्यवस्था विधान संशोधनमार्फत गरेको छ । यसले मुख्य त हालका अध्यक्ष केपी शर्मा ओली लक्षित छ ।

आइतबार ७० वर्षे उमेर हदबारे व्याख्या गर्दै विधान संशोधन प्रस्ताव कार्यदलका संयोजक विष्णु पौडेलले कुनै पनि व्यक्ति पार्टीको कमिटीमा ७० वर्ष पूरा नहुँदै निर्वाचित भएमा कार्यकालको बीचमै ७० वर्ष पूरा भएपनि पूर्ण कार्यकाल काम गर्न पाउने व्यवस्था गरेको बताए ।

‘यो व्याख्या र व्यवस्था केपी ओली लक्षित देखिन्छ,’ एक केन्द्रीय सदस्यले भने, ‘दशौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भए पूर्ण कार्यकाल काम गर्न पाउने देखिएको छ । किनभने केपी ओली अध्यक्षमा दोहोरिने तयारीमा छन् । मंसिरमा महाधिवेशन भए उनी अध्यक्षमा दोहोरिएको केही महिनापछि ७० वर्ष पुग्दैछन् ।’ तर ओलीले यस्तो सुविधा पाएर दोहोरिएमा हाल उपाध्यक्ष, महासचिव र स्थायी कमिटीमा रहेका नेताहरु भने अध्यक्ष हुनबाट बञ्चित हुनेछन् ।

विज्ञापन

एमालेको विधान महाधिवेशनमा ओलीप्रति गरिएको देवत्वकरणको विरोध भइरहेका बेला महाधिवेशनमा ‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई…’ भनेर ओलीको देवत्वकरण र पुन अध्यक्ष बनाउन लविङ गरेको पाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै