होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले विधान महाधिवेशन : समूहगत छलफलको रिपोर्टिङ सकियो
समाचार

एमाले विधान महाधिवेशन : समूहगत छलफलको रिपोर्टिङ सकियो

  • नागरिक रैबार
एमाले विधान महाधिवेशन : समूहगत छलफलको रिपोर्टिङ सकियो

काठमाडौँ — नेकपा (एमाले)को विधान महाधिवेशनको तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ ।

आइतबार बिहान प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ-आफ्नो समूहको छलफलको निष्कर्ष सुनाएसँगै समूहगत छलफलको रिपोर्टिङ गर्ने काम सकिएको हो ।

प्रदेश १ बाट देवराज घिमिरे, प्रदेश २ बाट ज्वाला साह र गण्डकी प्रदेशको समूहबाट जगतबहादुर विश्वकर्माले समूहको निष्कर्ष सुनाएका थिए । त्यस्तै, जनवर्गीय संगठनको तर्फबाट अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले समूह छलफलको रिपोर्टिङ प्रस्तुत गरेकी थिइन् ।

विज्ञापन

प्रदेश १, गण्डकी प्रदेश र जनवर्गीय संगठनबाट समूहको निष्कर्ष सुनाउनेहरू अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरू हुन् भने प्रदेश २ बाट रिपोर्टिङ प्रस्तुत गर्ने ज्वाला साह माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह निकट नेतृ हुन् । प्रभु साह एमालेको विधान महाधिवेशनमा उपस्थित नभएको अवस्थामा ज्वालालाई समूह नेता चयन गरेर अगाडि बढाइएको हो ।

एमालेको विधान महाधिवेशन आइतबार नै सकिने कार्यक्रम रहेको छ । आज पार्टी प्रवेश र अध्यक्ष ओलीले समापन सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार