होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बडीमालिका-९ मा नेपाली काँग्रेसको टोल कार्य समिति गठन
राजनीति

बडीमालिका-९ मा नेपाली काँग्रेसको टोल कार्य समिति गठन

  • नागरिक रैबार
बडीमालिका-९ मा नेपाली काँग्रेसको टोल कार्य समिति गठन

नागरिक रैबार/बाजुरा १८ भदौ।  नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ ।

नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का उपसभापति, प्रकाश ऐडी सचिव, खगेन्द्र नेपाली सहसचिव र सदस्यहरुमा गगन थापा, शेरबहादुर थापा, कमला थापा, कलक बडुवाल, विश्ना नेपाली, नन्दा बडुवाल लगायत रहेका छन् ।

काँग्रेसले बडीमालिका ९ को सेलाघाट,बडुवालबाडा, तल्लाबाडा र माँझगाउँकोे सभापति डम्मर विक रहने गरी टोल कार्य समिती गठन गरेको नेपाली काँग्रेस बडीमालिका ९ कार्यसमितिका सचिव मिन थापाले बताएका छन् ।

विज्ञापन

टोल कार्यसमिति गठन कार्यक्रममा सोही वडाका हर्क सनाई लगाएत ६ घरपरिवार नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको समेत उनले बताएका छन् ।

नेपाली काँग्रेस ९ नम्बर वडाका सभापति दिलबहादुर विष्टको अध्यक्षतामा सम्पन्न भएको टोल कार्यसमिति गठन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य कौशल विक प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ५० सय बढी काँग्रेसमा आस्थावान नेता कार्यकर्ता सहभागि भएका थिए ।
No photo description available.

 

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि