होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • अभिनेत्री बर्षा लेख्छिन्- ‘शारीरिक हिंसा र चरित्र हत्याको डर सँधै भइरहन्छ’
मनोरञ्जन

अभिनेत्री बर्षा लेख्छिन्- ‘शारीरिक हिंसा र चरित्र हत्याको डर सँधै भइरहन्छ’

  • नागरिक रैबार
अभिनेत्री बर्षा लेख्छिन्- ‘शारीरिक हिंसा र चरित्र हत्याको डर सँधै भइरहन्छ’

काठमाडौँ । ओली पक्ष नेकपाको केन्द्रीय सदस्य तथा सांसद गायिका कोमल वलीको बिषयमा नेकपा प्रचण्ड–माघव पक्षका नेता रघुजी पन्तले दिएको अभिव्यक्तिको अहिले सर्वत्र विरोध भैरहेको छ । पन्तले ‘केपी ओलीलाई सारी सारेर पिडौँला देखाएर कोमल वली केन्द्रीय सदस्य भएको’ भन्ने अभिव्यक्ति दिएपछि त्यसले सम्पूर्ण महिलामाथि नै अपमान गरेको भन्दै बिभिन्न क्षेत्रबाट विरोध भैरहेको छ ।

यस्तैमा अभिनेत्री वर्षा शिवाकोटीले पनि सामाजिक सञ्जालमार्फत एक स्टाटस पोष्ट गर्दै पन्तको उक्त बिचारको घुमाउरो शैलीमा नामै उल्लेख नगरी विरोध गरेकी हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै राजनीतिमा गरिने आरोप, प्रत्यारोप तथा व्यक्तिगत लाञ्छना किन लगाइन्छ ? भनेर समेत प्रश्न गरेकी छन् ।

‘तिम्रो राजनीति म बुझ्दिनँ’ भन्दै उनले लेख्न सुरु गरेको स्टाटसमा उनले अगाडि लेखेकी छन् ‘तर यति बुझ्छु, वर्षौं भान्साको चार पर्खालभित्र बस्दा भन्दा एकछिन त्यो पर्खाल बाहिर बस्दा बढी पीडा हुन्छ । शारीरिक हिंसा, दुर्व्यवहार र चरित्र हत्याको डर सधैँ भइरहन्छ ।’

उनी अगाडि थप्छिन्, ‘यो समाज कति अगाडि बढ्यो जस्तो लाग्थ्यो, महिलाहरु भान्साबाट बाहिर आए, ठूला पदमा पुगे, प्रधानमन्त्री अनि राष्ट्रपति भए, अन्तरिक्षसम्म पुगे, तर कतिको मानसिकता अझै बदलिएन ।’ उनले धेरै संघर्षपछि आएको अहिलेको परिवर्तनलाई केहि दरिद्र सोच भएका मानिसको अभिव्यक्तिले केहि प्रभाव पार्ने समेत बताएकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘आर्थिक, प्राविधिक अनि सामाजिक रुपमा ठूला खुड्किला चढेका मानवजातिमा अझै मानसिक विकास हुन भने बाँकी रहेछ, विश्वास भयो’

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै