काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ ।
मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा रहेका छन् ।
त्यस्तै एक शिक्षकसहित सात जना विद्यार्थी गोली लागेर घाइते भएको ओकल्याण्ड काउन्टीका प्रमुख माइकल बुचार्डले जानकारी गराएका छन् ।
हाल गोली चलाएको आशंकामा १५ वर्षीय एक विद्यार्थीलाई हिरासतमा लिइएको छ ।
गोली चलेको खबर पाउनेबित्तिकै सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए । सुरक्षाकर्मीले सन्दिग्ध विद्यार्थीले प्रयोग गरेको सेमि-अटोमेटिक हाते बन्दुकसमेत बरामद गरेका छन् ।
विद्यालयको भिडियो क्यामेरामा संदिग्ध विद्यार्थी हतियारसहित बाथरुमबाट निस्केको तर त्यसपछि उनी गएको स्थान प्रस्ट नभएको बुचार्डको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु