होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • कैलालीमा जुवा खेलिरहेका १८ जना करिब २ लाखसहित पक्राउ
अपराध

कैलालीमा जुवा खेलिरहेका १८ जना करिब २ लाखसहित पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा जुवा खेलिरहेका १८ जना करिब २ लाखसहित पक्राउ

कैलाली : कैलाली प्रहरीले जुवाखालबाट १८ जनालाई पक्राउ गरेको छ। सोमबार बिहान करिब २ बजेतिर जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, वर्ष ३८ का टेकबहादुर रोकाया, वर्ष ३८ का चन्द्र सापकोटा, वर्ष ३३ का हेमबहादुर बम, वर्ष ४६ का विन्द्र थापा, वर्ष २९ का बरुण शमसेर राणा, वर्ष ३२ का आनन्द गौतम, वर्ष ४० का महेश डगौरा थारु, वर्ष ४३ का दिपक कुमार बुढा, वर्ष ३० का कमल बुचा मगर र वर्ष ३६ को ईन्द्र भण्डारी रहेका छन्।

यस्तै सोही गाउँपालिकाकै वर्ष ४२ का खुमेन्द्रबहादुर सापकोटा, वर्ष ४१ का अरुण शमसेर राणा, वर्ष ४३ को लक्ष्मण कुवर, वर्ष २९ का विरेन्द्र भण्डारी, वर्ष ४२ का मेघराज सापकोटा, वर्ष ३४ का शिवराज सापकोटा र लम्कीचुहा नगरपालिका–१० का ३२ वर्षीय तपेन्द्र भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

विज्ञापन

उनीहरुका साथबाट १ लाख ८० हजार ७ सय ५० र ११ गड्डी तास बरामद गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै