होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, अशोज १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओलीको अभिव्यक्तिका कारण मिल्ने सम्भावना नभएको माधव नेपालको ‘ब्रिफिङ’
राजनीति

ओलीको अभिव्यक्तिका कारण मिल्ने सम्भावना नभएको माधव नेपालको ‘ब्रिफिङ’

  • नागरिक रैबार
ओलीको अभिव्यक्तिका कारण मिल्ने सम्भावना नभएको माधव नेपालको ‘ब्रिफिङ’

काठमाडौं, १७ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकताको लागि अध्यक्ष केपी शर्मा ओली गम्भीर नभएको विश्लेषण गरेका छन् । पछिल्लो समय पार्टी एकताको लागि आफू गम्भीर बनेपनि अध्यक्ष ओली भने एकताविरोधी अभिव्यक्ति दिन व्यस्त रहेको उनको भनाई बुझाई छ । आफूनिकट नेताहरुसँग उनले ओलीले आफूबारे हिजो दिएको अभिव्यक्तिमा पनि चित्त दुखाएका छन् ।

हिजो एमाले काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले माधव नेपाललाई अब एमालेमा कुनै स्थान नभएको टिप्पणी गरेका थिए । त्यतिमात्रै होईन, ओलीले नेता नेपाललाई देशद्रोहीको समेत संज्ञा दिएका थिए । ओलीको सम्बोधन मिडियामा छाईसकेकेको अवस्थामा आफ्नो समूहको अखिल फोर्सले आयोजना गरेको एक कार्यक्रममा नेता नेपालले भने ओलीविरुद्ध आक्रामक अभिव्यक्ति दिएनन् ।

उनले ओलीले देशद्रोही भन्दापनि कुनै जवाफ फर्काएका थिएनन् । बरु, साँझ आफूनिकट नेताहरुसँग उनले ओलीकै कारण एकता सम्भव नभएको धारणा राखेका थिए । आज विहान पनि नेता नेपाललाई भेट्न उनीनिकट नेताहरु सोमप्रसाद पाण्डेलगायत नेपाल निवास पुगेका थिए । तर, नेता नेपालले अब ओलीसँग मिल्ने सम्भावना न्युन बन्दै गएको र यसमा ओली नै बढि जिम्मेवारी रहेको धारणा राखेका थिए । अहिले तीन बजेबाट बस्ने बैठकमा समेत नेपाल पक्ष सहभागी नहुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि