होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • प्रकाश सपुतलाई कोरोना संक्रमण
मनोरञ्जन

प्रकाश सपुतलाई कोरोना संक्रमण

  • नागरिक रैबार
प्रकाश सपुतलाई कोरोना संक्रमण

गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् ।

उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’

 

विज्ञापन

उनले, कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन् । उनले, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ भनेर पनि उल्लेख गरेका छन् । यो महामारी चाडै नै टरेर जाने र जीवनको पुरानै लयमा फर्किने आशा पनि प्रकाशले व्यक्त गरेका छन् ।

प्रकाशले केही दिन अगाडि ‘के यो देश मेरो होइन र’ बोलको गीतको भिडियो सार्वजनिक गरेका थिए । यो गीत तथा भिडियोले दर्शकको उल्लेख्य साथ पाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार