होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • कोरोना संक्रमित बसेको धुरालसेन मावि क्वारेन्टाइन सिल
स्वास्थ्य-जीवनशैली

कोरोना संक्रमित बसेको धुरालसेन मावि क्वारेन्टाइन सिल

  • नागरिक रैबार
कोरोना संक्रमित बसेको धुरालसेन मावि क्वारेन्टाइन सिल
बुढीगंगा नगरपालिका १ स्थित धुरालसेन मावि ।

नागरिक रैबार/बाजुरा १८ जेठ । आईतबार कोरोना भाईरसका कारण २ वर्षिया बालिकाको मृत्यु र उनकी आमामा कोरोनाको पुष्टि भएपछि उनीहरु सुरुमा बसेको बुढीगंगा नगरपालिका १ धुरालसेन माविको क्वारेन्टाइन सिल गरिने भएको छ ।

आईतबार कोभिड-१९ को रोकथाम तथा नियन्त्रण समितिको बैठकले उक्त क्वारेन्टाइनलाई सिल गर्ने निणर्य गरेको हो । आइतबार कोरोना संक्रमणकै कारण मृत्यु भएकि २ वर्षिया बालिका र उनकी आमामा कोरोना संक्रमणको पुष्टि भएपछि सो क्वारेन्टाइनलाई सिल गर्ने निणर्य गरिएको हो ।

बुढीगंगा नगरपालिका १ घर भएकी २ बर्षिया बालिका सहित उनकी आमा र बुवा जेठ १३ गते भारतबाट आएर सो क्वारेन्टाइनमा बसेका थिए । सो क्वारेन्टाइनमा बसेकै बेला २ वर्षिया बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि बालिका सहित आमा बुवालाई सदरमुकाम मार्तडीमा रहेको आइसोलेशनमा राखिएको थियो ।

विज्ञापन

उनीहरु सुरुमा बसेको धुरालसेन क्वारेन्टाइनमा ६१ महिला र १२४ जना पुरुष गरी १ सय ८५ जनाहरु राखिएका छन् । सवैको स्वाव संकलन गर्ने पनि आईतबार बसेको वैठकले निणर्य गरेको छ । कोरोना संक्रमणकै कारण मुत्यु भएकि बालिका र उनकी आमामा आईतबार कोरोनाको संक्रमण देखिएपछि बाजुरा क्रसित बनेको छ ।
बालिकाको सव व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने र शव बिरे खोला आसपासमा गाडिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार