नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुराको आईसोलेसन वार्डमा एक जनालाई भर्ना गरिएको छ । १६ बर्षिया बालक कोरोना भाइरस (कोभिड १९) को संकाष्पद देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् ।
उहाँका अनुसार भर्ना गरिएका बालकको अबस्था सामान्य रहेको छ । उनको भोलि नमुना संकलन गर्ने तयारी भैरहेको छ । आइसोलेनमा भर्ना गरिएका बालकको नाम अस्पतालले गोप्य राखेको छ ।
फेसबुक प्रतिक्रियाहरु