कोरोना महामारीपछि चीनका संचार माध्यामहरुले भविष्यमा खानेकुराको संकट उत्पन्न हुन सक्ने र त्यसका लागि आवश्यक सजगता अपनाउनुपर्ने सन्देश प्रवाह गरिरहेका छन् । यसका लागि अन्नबाली वा उत्पादन बढाएर मात्र होइन, आफुसँग भएको खानेकुरा नष्ट नगर्न पनि प्रेरित गरिरहेका छन् । खानेकुरा जुठो बनाएर नष्ट गर्ने प्रवृत्तिलाई सामाजिक रुपमै हतोत्साही गर्नका लागि चिनियाँ मिडियाहरुले एक स्वरमा आह्वान गरिरहेको बताइन्छ ।
खानेकुराको बढ्दो खपतलाई नियन्त्रित गर्न आफुसँग भएको खानेकुरा नष्ट गर्नु पनि एक उत्तम विकल्प हुनसक्छ । खनेकुरा नष्ट गर्दा हाम्रो खाद्य भण्डारमा संकट छाउने मात्र होइन, पर्यावरणमा समेत नकारात्मक असर पुग्ने बताइन्छ ।
संयुक्त राष्ट्रको खाद्य र कृषि संगठन भन्छ– पशुजन्य खानेकुराले १४ दशमलव ५ प्रतिशत ग्रीन हाउस ग्यास उत्सर्जनका लागि जिम्मेवार छ ।’ शोधकर्ताका अनुसार यसबेला एक तिहाई खाना डस्बिनमा मिल्काउने गरिएको छ । यस बर्बादीलाई कम्तीमा पचास प्रतिशत कटौती गर्नुपर्छ । यसका साथै धर्तीको उब्जाउ बढाउने, रिसाइकल हुनसक्ने उर्जा प्रयोग गर्न र जल प्रवन्धनलाई अझ उन्नत एवं उपयोगी बनाउन जरुरी छ ।
शोधकर्ता भन्छन्, ‘आम उपभोत्ताका लागि यो सन्देश छ कि, उनीहरुले आफ्नो खानपानको तरिका बदल्नुपर्छ । आफ्नो राजनेतालाई भन्नुहोस् कि यसका लागि बेग्लै र प्रभावकारी कानुन बनाइयोस् ।’
संयुक्त राष्ट्र संघको अनुमानमा सन् २०५० सम्म विश्वका जनसंख्या लगभग १० अर्ब हुनेछ, यत्तिका जनसंख्याको पेट भर्नका लागि ५० प्रतिशत बढी भोजन उत्पादन गर्नुपर्नेछ ।’
भनिन्छ, हालको अवस्थामा परिवर्तन गरिएन भने धेरै खाद्य उत्पादनको पर्यावरणमा दुष्प्रभाव पर्नेछ । अहिलेको तुलनामा यो दुष्प्रभाव सन् २०५० सम्म ९० प्रतिशतसम्म बढ्न सक्छ, यसले पृथ्वीमा मानिसलाई बस्नका लागि एकदमै अनुकुल हुनेछैन ।
स्केन्डेनेभियन थिंक ट्यांक ईएटीको रिसर्चले भन्छ, ‘संभावित प्रतिकुलताबाट बच्नका लागि यस्तो डाइटमा फर्कनुपर्नेछ जसमा सागसब्जी, फल, ड्राइ फ्रुट्सको खपत बढी र मासु तथा दुधजन्य उत्पादनको मात्रा कम गर्नुपर्छ ।’
शोधकर्ताहरुको सुझाव छ, ‘हप्तामा रातो मासु एक पटक वा त्यो भन्दा पनि कम पटक खानुहोस् ।’
बिबिसिमा प्रकाशित एक रिपोर्टमा उल्लेख थियो, पछिल्लो समय मासुको खपत अत्याधिक मात्रामा बढ्दो छ । मान्छेको क्रय क्षमता बढेसँगै मासुको खपत बढेको छ । मासुले अहिले विश्वको खाद्य भण्डारमा ठूलो योगदान दिइरहेको छ ।
अन्न उत्पादनको बढ्दो खपतलाई घटाउनमा माछामासुले योगदान पु¥याएको छ । अर्थात मासु विश्वकै ठूलो खाद्यन्न स्रोत हो । तर, मासु सेवनले परोक्ष रुपमा पर्यवरणमा भयांकर क्षति पुगिरहेको छ । के, मासु नभए पनि विश्वका बढ्दो जनसंख्याको पेट भरिदैन ?
यसको जवाफ वैज्ञानिकहरुसँग छ । उनीहरु भन्छन्, ‘पर्यावरणलाई धेरै नोक्सान नपु¥याई विश्वमा बढ्दो जनसंख्याको पेट भर्न सकिन्छ ।’ यसका लागि केवल मासुको खपत घटाउनुपर्छ, खानलाई नष्ट गर्ने क्रम रोकिनुपर्छ र खेतीबालीको तरिका उन्नत हुनुपर्छ ।
वैज्ञानिकहरु भन्छन् कि माथि उल्लेख गरिएको कुरामध्ये कुनै एकलाई वेवास्ता गरेमा जलवायु परिवर्तनको गति अरु तिब्र हुनेछ । प्रदूषण बढ्नेछ । प्राकृतिक स्रोत र साधन रित्तिनेछ । यसको सोझो अर्थ हो कि, यस धर्ती मानिसका लागि असुरक्षित हुनेछ ।
यस सम्बन्धमा एक ताजा अध्ययनका लेखक मार्को स्प्रिंगमन भन्छन्, ‘धर्तीको विग्रदो अवस्था सम्हाल्नका लागि केही परियोजनामा काम गर्नुपर्नेछ ।’ उनले आफ्नो यस अध्ययनलाई बुझाउने प्रयास गरेका छन् कि, खाद्य उत्पादनबाट हाम्रो पर्यावरणमा के असर भइरहेको छ ?
उनी भन्छन्, ‘यदी हामीले खोजेका समस्याहरुमाथि समाधान खोज्ने हो भने हाम्रो रिसर्चले देखाएको छ बढ्दो जनसंख्याको पेट भर्न असंभव छैन ।’
फेसबुक प्रतिक्रियाहरु