होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • आत्महत्या गर्न उक्साउने दुनियाँकै अनौठो किल्ला
विचित्र संसार

आत्महत्या गर्न उक्साउने दुनियाँकै अनौठो किल्ला

  • नागरिक रैबार
आत्महत्या गर्न उक्साउने दुनियाँकै अनौठो किल्ला

छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आत्महत्याका लागि उक्साउने किल्ला पनि भनिन्छ ।

२३ सय फिट अग्लो पहाडमा ठडिएको यो किल्लाको वातावरण यति सन्नाटापूर्ण छ कि यसले मान्छेहरुलाई आत्महत्याका लागि प्रेरित गर्दछ । उक्त किल्लाको नाम कलावन्ती किल्ला हो । त्यस ठाउँमा साँझ पर्न थालेसँगै माहौल बदलिन्छ ।

 

विज्ञापन

अहिलेसम्म उक्त किल्लाबाट हाम फालेर कैयन् मानिसले आत्महत्या गरिसकेका छन् । चट्टान काटेर त्यहाँ पुग्ने सिँढी बनाइएको छ । उक्त सिँढीमा न त डोरी नै टाँगिएको छ, न त रेलिङ नै छ । त्यसैले पनि कतिपय मानिसहरुको त चढ्ने झर्ने क्रममा चिप्लिएर लडेपछि समेत मृत्यु हुने गरेको छ ।

सूर्यास्त हुनुअघि बाटै यहाँ सन्नाटा छाउँछ । स्थानीय मानिसहरुका अनुसार उक्त ठाउँमा प्रेत आत्मा भड्किरहेको हुनाले नै मान्छेहरुलाई आत्महत्याका लागि बाध्य पार्दछ ।

कतिपय मानिसहरुले जीवनबाट दिक्क भएर आत्महत्याकै लागि त्यहाँ जाने गरेको बताइन्छ ।

एजेन्सी

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार